उम्मेदवारको आधिकारिकता पर्खाइमा रावल

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २१ १९:०३ बजे
भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावल अछाम १ बाट  प्रतिनिधि सभा सदस्यका लागि सिफरिस भए पनि उनलाई पार्टीले टिकट नदिई झपड बोहाेरालाई  टिकट दिएको छ । यस विषयमा भिम रावलले भने कसले टिकट पाएको होर?  भन्ने आधिकारिकता बुझिरहेको बताएका छन् । उनले अछाम १ मा कसले टिकट पायो भन्ने आधिकारिकता पुष्टि नभएसम्म कुनै प्रतिक्रिया नदिने पनि बताए । 

रावलको निर्वाचन क्षेत्रमा एमालेले माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहोरालाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ ।

२०७९ असोज २१ १९:०३ बजे

प्रतिक्रिया