एमाले–राप्रपा तालमेल २० प्रतिशत मिलाउन बाँकी

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २१ १८:५३ बजे
एमाले–राप्रपा तालमेल

काठमाडौं । नेकपा एमाले र राप्रपाबीच चुनावी तालमेल बारे शनिबार टुङगो लाग्ने भएको छ ।  आज पार्टीका शीर्ष नेताबीच भएको छलफलमा तालमेललाई करिब करिब अन्त्यमा पुगेको जनाइएको छ । 

छलफलमा सहभागी राप्रपा नेता बुद्धिमान तामाङका अनुसार एमालेसँग तालमेलबारे ८० प्रतिशत सहमति भइसकेको छ । बाँकी २० प्रतिशतमा शनिबार सहमति जुट्ने भएको छ ।  

राप्रपासँग तालमेलबारे करिबकरिब सहमति  भएको एमालेले पनि बताएका छ  ।  ‘केही सिटमा आन्तरिक छलफल गर्नुपर्ने देखिएकाले आज टुङ्ग्याउन सम्भव नभएको एमाले स्रोतले जनाएको छ ।

राप्रपाले निश्चित निर्वाचन क्षेत्रमा मात्र एमालेसँग तालमेल गर्न लागेको हो । ती बाहेकका निर्वाचन क्षेत्रमा भने एमालेसँगै पनि मित्रवत प्रतिस्पर्धा हुने राप्रपा नेता तामाङले बताए ।

२०७९ असोज २१ १८:५३ बजे

प्रतिक्रिया