ओली क्रेज ट्याटु देखि आइलभयु सम्म

ओली क्रेज ट्याटु देखि आइलभयु सम्म

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ७ १६:५० बजे
ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौतर्फी विषयवस्तुमा ज्ञान भएका  राजनेताका रुपमा परिचित  भएका मध्येका एक नेता हुन् ।  उहाँ  ओली आफुलाई  अरु नेताहरू भन्दा  अब्बल र  लामो चिन्तन सोच भएका नेता  मान्दछन् । त्यति मात्रै होइन उनी राजनीतिमै पनि डायनामिक हुनुपर्छ भन्ने एक उदाहरण हुन् ।

ओलीको जन्म बुबा मोहनप्रसाद ओली र आमा मधु ओलीको कोखबाट २००८ सालमा तेह्रथुमको इवा गाविस २ तीनसल्लेमा भएको हो। ओलीले औपचारिक शिक्षा एसएलसीसम्म पढेका छन्।

ओलीले तेह्रथुम इवाकै प्रणामी उच्च माध्यमिक विद्यालय ९तत्कालीन प्रणामी प्रावि० बाट औपचारिक पढाइ सुरु गरेका थिए। उनको परिवार २०२२ सालमा बसाईं सरेर झापा झरेको हो। डेढ वर्षकै उमेरमा आमा गुमाएका ओलीको बाल्यकाल कष्टपूर्ण बित्यो।

२०२३ सालदेखि राजनीतिमा प्रवेश गरेका ओलीले २०२७ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएर भूमिगत भएका थिए। कम्युनिस्ट पार्टीको सदस्यता लिएकै वर्ष ओली पञ्चायत विरोधी आन्दोलनमा सहभागी भएको नाममा पक्राउ परे। उनले निरन्तर १४ वर्ष जेल जीवन बिताए।

नेता ओली २०२९ सालमा झापा आन्दोलन कमिटीको प्रमुख भए। २०४८, २०५१ र २०५६ सालको आम निर्वाचनमा झापा ६ बाट निर्वाचित ओली २०६४ सालको संविधानसभा चुनावमा झापा ७ बाट पराजित भए। सोही क्षेत्रबाट ओलीले २०७० सालको दोस्रो संविधानसभा चुनावमा विजयी हासिल गरे।

त्यसपछि भने ओली नेपालको राष्ट्रिय राजनीतिमा चर्चामा रहे। लामो राजनीतिक यात्राका क्रममा ओलीले गृहमन्त्री, परराष्ट्रमन्त्री, उपप्रधानमन्त्री हुँदै प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेका छन्। ओली एमाले अध्यक्ष हुन्।

उनले वेला बेलामा लिएको  अडान र राष्ट्रियताको सवालमा  उठाएका प्रश्नले  नै  उनी एकताका  लोकप्रिय नेता समेत  भएका थिए । ओलीमा  अरु नेताहरू भन्दा  जनतालाई आफूप्रति  आकर्षण गर्ने  कला  रहेको छ । उनकै  लोकप्रियता  भएका कुरा  हुन केपी बा , केपी  बा  आइलभयु र केपी  अंकित ट्याटु  पनि  ।  

ओलीले  बोलेको  कुरालाई कसैले  गहिराइ  नबुझेपनि  एक चोटी भने रमाइलो नै गर्छन् । ओलीको   सबैलाई मन पर्ने उनको व्यङ्ग  कलात्मक  आलोचना  आदी  हुन् ।  ओलीको  अर्को  विशेषता के हो भने उनी  आफ्ना विरोधीलाई  कटाक्ष हान्न  पछि प्रदैनन् ।  

२०७९ साउन ७ १६:५० बजे

प्रतिक्रिया