पूर्वमन्त्री भोलामानसिंह थापाको निधन

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २१ १८:२३ बजे
भोलामानसिंह थापा

काठमाडौं । पूर्वमन्त्री भोलामानसिंह थापाको निधन भएको छ । पञ्चायती व्यवस्थामा दुईपटक ओखलढुंगा जिल्ला विकास समितिको सभापति र सोही व्यवस्थामा एकपटक मन्त्री बनेका थापाको ८५ वर्षको उमेरमा बिहीबार साँझ निधन भएको हो । 

थापा अल्जाइमर रोगबाट थलिएका थिए । ओखलढुंगाको सेर्नामा वि.सं. १९९६ चैत २९ गते थापाको जन्म भएको हो । 

पञ्चायती व्यवस्थामै थापा केही समय निर्माण तथा यातायात सहायकमन्त्री र सोही कार्यकालमै पछि वन सहायकमन्त्री बनेका थिए । थापाका श्रीमती, एक छोरा र एक छोरी छन् । 

२०७९ असोज २१ १८:२३ बजे

प्रतिक्रिया