डडेलधुरामा एमालेले गर्यो कर्ण मल्ललाई समर्थन - प्रदेश मात्रै लड्ने

पठानसिंह बोहोरा र गजेन्द्र शाही एमालेबाट प्रदेश तर्फका उम्मेदवार बन्ने भएका छन्

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २१ १७:५४ बजे
कर्ण मल्ल

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा  नलड्ने भएको  छ ।  एमालेले पठानसिंह बोहोराको  प्रतिनिधि सभाको सदस्यका लागि सिफरिस गरेको थियो ।  नेपाली कांग्रेस (बीपी) का उम्मेदवार कर्ण मल्ललाई समर्थन गर्ने गरी एमालेले आफ्ना उम्मेदवार लाई पछाडी ल्याएको हो ।

नेपाली कांग्रेसबाट विद्रोह गरी कांग्रेस (बीपी) मा लागेका मल्लसँग स्थानीय चुनावमा भएको तालमेललाई  निरन्तरता दिँदै प्रतिनिधिसभामा मल्ललाई  सहयोग गर्न गर्ने एमालेले निर्णय गरेको छ ।

प्रदेशसभातर्फ भने दुबै क्षेत्रमा एमालेले उम्मेदवारी दिने भएको छ । पठानसिंह बोहोरा र गजेन्द्र शाही एमालेबाट प्रदेश तर्फका उम्मेदवार  बन्ने भएका छन् । 

२०७९ असोज २१ १७:५४ बजे

प्रतिक्रिया