स्वतन्त्र उम्मेदवारी दिने गंगा चौधरीको घोषणा

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २१ १५:४१ बजे
गंगा चौधरी

काठमाडौं । नेकपा एमालेकी नेतृ गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी बन्ने भएकी छन् । उनले आफस स्वतन्त्र उम्मेदवार बन्न लागेको फेसबुकमार्फत बताएका छन्् ।  

एमालेबाट दाङ-१ को उम्मेदवार बन्न खोजेकी चौधरीले शुक्रबार फेसबुकबाट आफू स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउने बताएका हुन् ।  

 उनले फेसबुकमा लेखेका छन् ‘आज मैले ठिक निणर्य गरे या बेठिक मलाई थाहा छैन राष्ट्र र राष्ट्रियताको ला गि म सधैं लागि रहने छु जनता भगवान हुन जनता नै सर्वपरि हुन देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउदैछु हजुरहरुको साथ चाहिएको छ,’ चौधरीले भनेकी छिन्। 

एमाले सांसद चौधरी आफ्नो शैली र बोलाईको बाराण सामाजिक सञ्जालमा ट्रोलको सिकार पनि बनेकी छन् । उनले संसदमा होस वा संसद बाहिर बोल्ने कुरा होस विवादमा पर्दै आएकी छन्  ।  उनी नेकपा एमालेबाट ०७४ को प्रतिनिसभामा समानुपातिकतर्फ सांसद बनेकी थिइन्।

२०७९ असोज २१ १५:४१ बजे

प्रतिक्रिया