सन्दीपलाई क्रिकेट संघका अध्यक्षले भेटे

लामिछाने बिहीबार नेपाल फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन्

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २१ १४:१३ बजे
क्रिकेट संघका अध्यक्ष

काठमाडौं । बल्कारमो  आरोप लागेर प्रहरीको कस्टडीमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट संघका अध्यक्षले भेटेका छन् । प्रहरी वृत्त गौशालास्थित हिरासतमा गएर नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले  सन्दीपलाई भेटेका हुन् ।  शुक्रवार बिहान सन्दीपलाई भेट्न चन्द गौशाला पुगेको प्रहरीले जनाएको छ ।  

लामिछाने विरुद्ध प्रहरी वृत्त गौशालामा १७ वर्षीया किशोरीले भदौ २१ मा जबरजस्ती करणीको कसुरमा जाहेरी दिएकी थिइन् ।

लामिछाने  बिहीबार नेपाल फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । 

२०७९ असोज २१ १४:१३ बजे

प्रतिक्रिया