एमाले जसपा ‘निर्णायक’ वार्तामा जुटे

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २१ १३:४३ बजे
एमाले जसपा

 काठमाडौं । आगामी मंसीर ४ मा हुने निर्वाचनका लागि चुनावी सहकार्यका लागि प्रमुख प्रतिपक्ष दल नेकपा एकपा एमाले र जनता समाजवादी छलफलमा जुटेका छन् । उम्मेदवारी दर्ता गर्न २ दिन बाँकी रहँदा नेकपा एमालेले सत्तारुढ जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग औपचारिक वर्तामा लागेका हुन् ।  

गठबन्धनमा सिटको कुरा नमिले पछि जसपा एमालेसँग  वार्तामा जुटेको होृ । दुवै पार्टीले तयार पारेको अनौपचारिक सहमतिलाई औपचारिक सहमतिमा टुङ्ग्याउने गरी दुवै पक्षविच निर्णायक वार्ता हुन लागेको हो ।  आज नै यी दलहरु विच सहमतिको खाका त्यार हुन सक्ने भएको छ । 

२०७९ असोज २१ १३:४३ बजे

प्रतिक्रिया