उम्मेदवार टुंगो लगाउन कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २१ १०:३४ बजे
कांग्रेस

काठमाडौं ।  उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक आज  बस्ने  भएको छ ।  नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका उम्मेदवार टुंगो लगाउन कार्यसम्पादन समितिको बैठक बोलाइएको हो ।

बैठक मध्याह्न १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।  हिजो बोलाइएको कार्यसम्पादन समितिको बैठक बस्न सकेको थिएन ।

२०७९ असोज २१ १०:३४ बजे

प्रतिक्रिया