नेपाली राजनीति पातालतिर धसिदै जानु अति दुःखद: बाबुराम भट्टराई

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २१ १०:१५ बजे
बाबुराम भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई चुनाव नजिकिदै गर्दा नेपाली राजनीति पातालतिर धसिदै जानु अति दुःखद भएको बताएका छन् । एक थान चुनावी सिटकालागि घोषित सिद्धान्त,आदर्श सबै त्यागेर र जनताको वलिदानलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई फगत व्यापारमा झार्नु नै अवसरवादको  भएको बताएका छन् । 

 उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् 'चुनाव नजिकिदै गर्दा नेपाली राजनीति पातालतिर धसिदै जानु अति दुःखद छ।एक थान चुनावी सिटकालागि घोषित सिद्धान्त,आदर्श सबै त्यागेर र जनताको वलिदानलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई फगत व्यापारमा झार्नु नै हो!  यो अवसरवादको अँध्यारोमा निष्ठाको जुनकिरी बन्ने साहस गरौं!'

https://twitter.com/brb1954/status/1578083106128424960


२०७९ असोज २१ १०:१५ बजे

प्रतिक्रिया