सत्ता गठबन्धनमा सिट बाँडफाँड मिलाउन हम्मे हम्मे , जसपा बटारीयो

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २१ ०९:११ बजे
जसपा

काठमाडौं । निर्वाचनको समय नजिकिएसँगै सत्तारुढ दलहरुमा दवाव बढ्दै गएको छ । लगातार छलफलममा रहेका विभिन्न पाँच दलमा सिट बाडँफाँड मिलाउन निकै सकस परेको छ । पाँच दलिय गठबन्धनमा जसपा ठुलो असन्तुष्टि जनाएको छ ।

सत्तारुढ गढबन्धनको बैठक हिजो पनि बसेको थियो । हिजो बसेको बैठकमा विभिन्न पार्टीका शिर्ष नेताहरु सहभागि रहेका थिए । सिट मिलाउन बाँकि रहेको ३० प्रतिशत ठाउँमा लेने देन गरेर अघि बढ्ने सहमती भएको बताइएको । सत्तारुढ गठबन्धनको बैठक आज ,बिहान पनि बस्न लागेको छ ।

सत्तारुढ दलहरुमा सिट कुरा नमिलेकाे र काे कहाँबाट निर्वाचन लड्ने हो भन्ने एकिन नभएकाले आकांक्षी रहेका विभिन्न उम्मेरदवारहरुलाई निर्वाचन प्रचार प्रसार गर्न असहज भएको  विभिन्न नेताहरुको गुनासो रहेको छ । यता सत्ता गठबन्धनमा रहेका  जसपाले भने गठबन्धनमा कुरा नमिल्ने ठानेर प्रमुख प्रतिपक्ष दल एमालेसँग चुनावि सहकार्यको लागि वार्तालाई अगाडि बढाएको छ । एमाले सँग २५ सिटमा लागि वार्ता भइरहेको जनाइएको छ । सत्ता गठबन्धनले जसपालाई १६ सिट मात्रै दिन लागेको हो ।    

२०७९ असोज २१ ०९:११ बजे

प्रतिक्रिया