विमानस्थलमा अवतरण हुन भन्दा पहिला नै फन फन्तीमा परे सन्दीप लामिछाने

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २० ११:०८ बजे
सन्दीप लामिछाने

काठमाडौं । नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने आउने भनिएको कतार एयरवेजको जहाज त्रिभुवन विमानस्थलमा अवतरण हुन नसकेपछि  आकाशमै फन्को  मारी रहेको छ ।  

खराब मौसमका कारण कतार एयरवेजको उक्त जहाज अवतरण गर्न नसकी ओभरसुट गरिएको हो। क्यूटीआर ६४८ कलसाइन भएको उक्त जहाज अहिले काठमाडौँको आकाशमा होल्ड गरिएको छ। उनलाई पक्राउ गर्न प्रहरी विमानस्थल पुगेका छन्।

मौसम केही ठिक हुनेबित्तिकै उक्त जहाज त्रिभुवन विमानस्थलमा अवतरण हुने विमानस्थलका कर्मचारीहरुले जनाएका छन् । 

२०७९ असोज २० ११:०८ बजे

प्रतिक्रिया