क्रिकेटर सन्दीप लामिछानेलाई विमानस्थलबाटै पक्राउ गर्ने प्रहरीको तयारी

गएको भदौ २१ गते एक नाबालिगले सन्दीपविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । भदौ ५ गते सन्दीपले बलत्कार गरेको जाहेरीमा उल्लेख छ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २० १०:२२ बजे
सन्दीप लामिछाने

काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले आफू आज  नेपाल आउने भएका छन् । उनि  आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने बताएका छन् ।नेपाल प्रहरीले बलात्कार आरोपी लामिछानेलाई पक्राउ गर्ने तयारी गरेको  छ ।

लामिछाने केहीबेरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लँदैछन् ।  उनी विमानस्थलमा ओर्लने बित्तिकै पक्राउ गर्ने गरी तयारी भइरहेको हो । अहिले विमानस्थलमा प्रहरीहरू तैनाथ गरिएका छन् । 

गएराती सामाजिक सञ्जालमा उनले आफू कतार एयरवेजमार्फत् नेपाल आउन लागेको बताएका हुन् । आफू स्वदेश फर्कन लागेको जानकारी प्रहरीमा गराइसकेको पनि लामिछानेले बताएका छन् ।

साथै उनले आफूविरुद्ध लागेको आरोपमा हुने अनुसन्धानमा सहयोग गर्न प्रतिबद्ध रहेको पनि बताएका छन् ।

गएको भदौ २१ गते एक नाबालिगले सन्दीपविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । भदौ ५ गते सन्दीपले बलत्कार गरेको जाहेरीमा उल्लेख छ । 

२०७९ असोज २० १०:२२ बजे

प्रतिक्रिया