यू-१७ एसियाकप मा नेपाल थाइल्यान्डसँग पराजित

नेपालले अब शुक्रबार भियतनामसँग खेल्ने भएको छ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १९ १७:४५ बजे
नेपाली टोली

काठमाडौं । एएफसी यू–१७ एसियाकप छनोटमा नेपाल बुधबार थाइल्यान्डसँग ३–० ले पराजित भएको छ । छनोटको समूह ‘एफ’को पहिलो खेलमा थाइल्यान्डले नेपाललाई  हराएको  हो ।  

भियतनामको फु थोस्थित भियत ट्रि स्टेडियममा भएको खेलमा थाइल्यान्डका लागि तोनतवाना पुन्तामुनेले २ गोल  गरेका हुन् । उनले ३५ \६५ औं मिनेटमा १र१ गोल गरे । यस्तै तानक्रित जाम्पपालीले ७८ औं मिनेटमा १ गोल गरे।   

नेपालले अब शुक्रबार भियतनामसँग खेल्ने भएको छ ।  यस्तै आइतबार नेपाल र चिनिया ताइपेयीबीच खेल हुनेछ । समूहको शीर्ष स्थानमा रहने टिम एएफसी यू–१७ एसियाकपका लागि छनोट हुनेछ । समूहको दास्रो स्थानमा रहने उत्कृष्ट ६ टिम पनि प्रतियोगिताका लागि छनोट हुनेछन् ।

२०७९ असोज १९ १७:४५ बजे

प्रतिक्रिया