काठमाडौं । घरेलु टोली भारतसँगको तेस्रो तथा अन्तिम टी–२० खेलमा दक्षिण अफ्रीका विजयी भएको छ । गएराति भएको खेलमा दक्षिण अफ्रीकाले भारतलाई ४९ रनले हराएको हो ।
दक्षिण अफ्रीकाले दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको भारतले १८ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७८ रन मात्रै बनायो ।
भारतका दिनेश कार्तिकले ४६ रन जोडे । दीपक चाहरले ३१ तथा ऋषव पन्थले २७ रन बनाए । दक्षिण अफ्रीकाका ड्वाने प्रिटोरिउसले ३ तथा वायन प्रनिल, लुंगी एनजिडी र केशव महाराजले २÷२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन बनाएको थियो । दक्षिण अफ्रीकाका रिली रस्सोले अविजित सय रनको शतकीय पारी खेले । क्विन्टन डी ककले ६८ रनको अर्धशतकीय पारी खेले ।
भारतका दीपक चाहर र उमेश यादवले १र१ विकेट लिए । भारतले ३ खेलको श्रृंखला २–१ ले जितेको छ । भारत पहिलो खेलमा ८ विकेटले र दोस्रो खेलमा १६ रनले विजयी भएको थियो । भारत र दक्षिण अफ्रीकाबीच अब तीन एकदिवसीय खेल हुनेछ ।एजेन्सी
प्रतिक्रिया