काठमाडौं । एएफसी १७ वर्षमुनीको एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज थाइल्याण्डसँग खेल्ने भएको छ ।
भियतनामको फु थो मैदानमा खेल नेपाली समय अनुसार दिउँसो पौने तीन बजे सुरु हुन लागेको हो । छनोटका लागि नेपाली टोली सोमवार भियतनाम पुगेको थियो ।
छनोटमा नेपाल समूह एफमा रहेको छ । यो समूहमा नेपालसँगै थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई रहेका छन् ।
प्रतिक्रिया