काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वस्थ चुनावी प्रतिस्पर्धामा उत्रिन राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।
बडादशैं, नेपाल संवत्, तिहार, छठलगायत चाडपर्वका अवसरमा मंगलबार झापाको बिर्तामोडमा आयोजित शुभकामना आदाप्रदान गर्दै यस्तो बताएका हुन् । उनले कार्यक्रममा भने, ‘हामीले लडेर ल्याएको व्यवस्था नै बहुदलीय प्रतिस्पर्धा हो । प्रतिस्पर्धा स्वस्थ भएन भने त्यो लोकतान्त्रिक राजनीति हुँदैन ।’
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाइँ, नेकपा माओवादीका युवा नेता रञ्जीत तामाङ, जनता समाजवादी पार्टी झापा अध्यक्ष दीपेनबाला राईलगायत विभिन्न राजनीतिक पार्टीका नेता, नेकपा एमालेका नेता, उद्योगी, व्यवसायी र पेसाकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया