काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनले आजै सीट र निर्वाचन क्षेत्र बाँडफाँटको टुंगो लगाउने भएका छन् ।
सोमवार बिहानैदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जुटेका गठबन्धनका शीर्ष नेताहरूको बैठकमा सीट बाँडफाँट टुंगो लगाउने गरी छलफल थालेका छन् ।
बिहान बसेको बैठक दिउँसो १ बजे फेरि बैठक बस्ने गरी सकिएको हो । सीट र निर्वाचन क्षेत्रको बाँडफाँट प्याकेजमा टुंगो लगाएर आजै सहमति पत्रमा हस्ताक्षर हुने जनाइएको छ ।सीट बाँडफाँटको विषयलाई लिएर गठबन्धनभित्र रहेका दलमा असन्तुष्टि बढेको छ ।
गठबन्धनमा रहेको जनता समाजवादी पार्टीले सीट बाँडफाँटमा असन्तुष्टि राखेर चुनावी तालमेलको लागि एमालेसँग पनि संवाद अघि बढाएको हो ।
प्रतिक्रिया