कांग्रेसको समानुपातिक बन्दसूची हेरफेर, शेखर पक्ष पनि सहमत

शनिबार बिहानदेखि आइतबार बिहानसम्म बसेको पदाधिकारी र शीर्ष नेताको बैठकले सहमति जुटाएको हो

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १६ १४:३८ बजे
कांग्रेस

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आन्तरिक सहमति जुटाएर समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची हेरफेर गरेको छ । कांग्रेस सहमहामन्त्री महेन्द्र यादवका अनुसार पार्टीभित्र सहमति निर्माण गरेर बन्दसूची संशोधन गरिएको हो । 

नेपाली कांग्रेसले असोज तिनमा निर्वाचन  आयोगमा पेश गरेको बन्दसुचि सच्याएको हो  ।  कांग्रेसमा नेता शेखर कोइराला पक्षले यसअघि समानुपातिकमा एकलौटी गरिएको भन्दा देउवा पक्षको कडा आलोचना र पार्टी कार्यालयमा नै धर्ना दिएका थिए । 

पार्टी सभापति शेरबहादुर देउवाले कोइराला पक्षको असन्तुष्टिलाई सम्बोधन गर्न तीन दिन लगातार पदाधिकारी बैठक राखेर सहमति जुटाएका हुन् ।  शनिबार बिहानदेखि आइतबार बिहानसम्म बसेको पदाधिकारी र शीर्ष नेताको बैठकले सहमति जुटाएको हो ।

 कोइराला पक्षले आफुले सामानुपातिकमा४० प्रतिशत माग राखेको थियो  । सहमति भएसँगै आइतबार पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेल, सचिवद्वय प्रेम केसी र कृष्णप्रसाद दुलाल निर्वाचन आयोग पुगेर समानुपाति बन्दसूची हेरफेर गरेका छन् ।

२०७९ असोज १६ १४:३८ बजे

प्रतिक्रिया