विभिन्न ३६ दलले बुझाए आयोगमा संशोधित बन्दसूची

प्रत्यक्षतर्फको कार्यतालिका

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १६ १२:३३ बजे
बन्दसूची

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि प्रमुख दलहरूले शनिबार समानुपातिक प्रणालीतर्फको संशोधित बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन् । बन्दसुचि सच्याउने आज अन्तिम दिन रहेको थियो ।  आज शनिबार ३६ दलले संशोधित सूची आयोगमा पडाएका छन् । 

सूची पेस गर्दा समानुपातिक र समावेशी सिद्धान्तबमोजिम रित पुगेका आवश्यक कागजात अनिवार्य रूपमा पेस गर्न आयोगले दलहरूलाई पत्राचार गरेको थियो । पत्राचार गरेकामध्ये शनिबार ३६ दलले बन्दसूची पेस गरेको आयोगले जनाएको छ । समानुपातिकतर्फका लागि आयोगमा ४८ दल दर्ता छन्।

 शनिबार कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी, जसपा, राष्ट्रिय जनमोर्चा, लोसपा, राप्रपा र नेमकिपालगायत दलले बन्दसूची पेस गरेका आयोगका प्रवक्ता गुरु वाग्लेले बताएका छन् ।

 प्रत्यक्षतर्फको कार्यतालिका 

आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ २३ असोजमा उम्मेदवारको मनोनयनपत्र दर्ता र मनोनयनपत्रको सूची प्रकाशन गर्ने कार्यक्रम तय गरेको छ । २४ असोजमा उम्मेदवारको विरोधमा उजुरी दिने, २४ देखि २५ असोजसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तालिका छ। 

यस्तै, २५ असोजमा उम्मेदवारको नामावली प्रकाशन गर्ने र २६ असोजमा उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवं उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।

२०७९ असोज १६ १२:३३ बजे

प्रतिक्रिया