काठमाडौं । आगामी मंसिरमा हुने निर्वाचनका लागि दलहरूले दिएको समानुपातिक तर्फको बन्दसूची सच्याउने अन्तिम दिन आज रहेको छ। निर्वाचन आयोगले बन्दसूची सच्याउनको लागि दलहरूलाई दिएको समायावधि आज सकिन लागेको हो ।
निर्वाचन आयोगले विभिन्न दलहरूले असोज २्३ गते बुझाएको बन्दसूची सच्याउनको लागि असोज १०९ गते देखि १६ गते सम्मको समायावधि दिएको थियो । जो समय अवधि आज सकिन लागेको हो ।
विभिन्न १२ दलहरूलाई बन्दसूचीमा रहेको त्रुटि सच्याउन आयोगले बोलाएको हो । समानुपातिक तर्फ प्रतिनिधिसभाका लागि विभिन्न ४८ दलहरूले बन्दसूची पेश गरेका थिए ।
असोज १७ गते बन्दसूचीमा सूचिकृत कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा निवेदन दिने उम्मेदवार बाट आफ्नो नाम फिर्ता लिएको जानकारी आफ्नो दललाई दिने कार्य तालीका रहेको छ । असोज २३ गते देखि २९ गते सम्म बन्दसूचीमा भएका उम्मेदवारको योग्यता सम्बन्धी दाबी विरोध गर्ने निवेदन दिन सक्ने आयोगको कार्य तालीका रहेको छ ।
यसरी परेका निवेदनमा असोज ३० देखी कात्तिक ५ गते सम्म नणिर्य हुने छ । कात्तिक ८ गते बन्दसूचीबाट हटेका उम्मेदवार नाम प्रकाशन गरिने छ । भने ९ गते अन्तिम नामावली सार्वजनिक गरिने छ ।
प्रतिक्रिया