नेकपा माओवादीका १५० भन्दा धेरै नेता तथा कार्यकर्ताहरुले गरे एमाले प्रवेश

पार्टी अध्यक्ष ओलीले आज उनिहरुलाई पार्टीमा स्वागत गरेका हुन्

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १५ १५:१० बजे
एमाले प्रवेश

काठमाडौं।  निर्वाचन नजिकिदै गर्दा एक पार्टीबाट अर्को पार्टी जानेहरुको अहिले माहोल नै चलेको छ ।  नेकपा माओवादीको केन्द्रीय सदस्य तथा ललितपुर क्षेत्र नं २ का बागमती प्रदेश सभाका आकांक्षी उम्मेदवार सरोज डंगोलसहित १५० जनाभन्दाले आज एमाले प्रवेश गरेका छन् । एमालेका पार्टी अध्यक्ष ओलीले आज उनिहरुलाई  पार्टीमा स्वागत गरेका हुन् । 

डंगोलसँगै ललितपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट उपप्रमुखका उम्मेदवार नेकपा माआवादीका ललितपुर महानगर अध्यक्ष बाबुराजा बज्राचार्य, महानगर कमिटीका वरिष्ठ उपाध्यक्ष आमिर शाखः, माओवादी सहकारी केन्द्रीय विभाग सदस्य तथा ललितपुर जिल्ला बचत संघका अध्यक्ष रामहरी बजगाईले एमाले प्रवेश गरेका हुन् ।  

नेकपा माओवादी ललितपुर सहकारी विभागका प्रमुख रुपेश तिमल्सिना, कोषाध्यक्ष राजेन्द्र घिमिरे, सदस्यहरु नवराज विष्ट, नवराज सिवाकोटी तथा कान्छा बज्राचार्य एमालेमा प्रवेश गरेका हुन् ।  उनीहरुसँगै ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका तथा गोदावरी नगरपालिकाका नेकपामा माओवादी तथा नेपाली कांग्रेसको विभिन्न भूमिकामा रहेका अगुवा नेता कार्यकर्ता हरुले एमाले प्रवेश गरेका छन् । 

२०१५ सालको आम निर्वाचनमा देशभरमा कम्युनिष्टले जम्मा ४ सिटमा विजय हासिल गर्दा ललितपुरबाट १ सिट प्राप्त गरेकोले ललितपुर मात्र नभई देशकै कम्युनिष्ट आन्दोलनको अगुवाई र देशको अगुवाई नेकपा एमालेले मात्र गर्न सक्ने बताउनुभयो ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको हलमा सम्पन्न उक्त कार्यक्रममा एमाले अध्यक्ष ओलीले उनिहरुलाई  स्वागत गरेका हुन् । 

२०७९ असोज १५ १५:१० बजे

प्रतिक्रिया