‘सम्पर्कविहीन’ सन्दीप लामिछाने नेपाल आउदै

बलात्कारको आरोप लागेपछि प्रहरीको खोजीमा रहेका उनी अहिले नेपाल बाहिर छन्

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १५ ११:३४ बजे
सन्दीप लामिछाने

काठमाडौं ।  राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने अर्को हप्ता नेपाल आउने भएका छन् ।उनले फेसबुक मार्फत आफु असोज २० गते नेपाल आउन लागेको  बताएका छन् । 

बलात्कारको आरोप लागेपछि प्रहरीको खोजीमा रहेका उनी अहिले नेपाल बाहिर छन् । इन्टरपोलले उनका नाममा रेडकर्नर नोटिस जारी गरिसकेको छ । उनले आफुविरुद्ध झुटो आरोप लागेको बताउँदै नेपाल फर्के लगत्तै कानुनी लडाई लड्ने समेत बताएका छन् ।

१६ वर्षीया एक किशोरीले भदौ ५ गते राति आफुमाथि सन्दीपले बलात्कार गरको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् ।

२०७९ असोज १५ ११:३४ बजे

प्रतिक्रिया