सिरियाको सुरक्षा र स्थायित्वमा अमेरिकाको हस्तक्षेप

सिरियाको सुरक्षा र स्थायित्वमा अमेरिकाको हस्तक्षेप

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ७ १२:३८ बजे
सिरिया

 काठमाडौं ।  दमास्कसले अमेरिकाले सिरियाको सुरक्षा र स्थायित्वमा अवरोध गरेको  आरोप  लगाएको छ । सिरियाली विदेश मन्त्रालयले शुक्रबार एक विज्ञप्ति निकालेर उत्तरपूर्वी सिरियामा अमेरिकी सेनाको उपस्थितिको उद्देश्य सिरियाली तेल दोहन, देशको स्थायित्व र सुरक्षा पुनःस्थापनामा अवरोध गर्न लागेको आरोप लागाएको  हो ।  

अमेरिकी अभ्यास र आतङ्कवादी समूहहरूलाई असीमित समर्थन सिरियाका निम्ति अब नैतिक र राजनीतिक रूपमा स्वीकार्य नभएको जनाउँदै दमास्कसले आफूमाथि लगाइएको अमेरिकी प्रतिबन्धको  कडा  आलोचना  गरेको छ ।  एकपक्षीय अमेरिकी प्रतिबन्धले सिरियाली जनताको जीवनलाई जोखिममा पारेको र त्यो सिरियाको वर्तमान र भविष्यका लागि हानिकारक  हुने  जनाएको छ ।  

२०७९ साउन ७ १२:३८ बजे

प्रतिक्रिया