रवीन्द्र मिश्रद्धारा काठमाडौं क्षेत्र नम्बर १ मा उम्मेदवारी घोषणा

उनलाई यसपटकको निर्वाचनमा एमालेले पनि सघाउने संकेत गरेको छ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १४ १४:२८ बजे
रवीन्द्र मिश्र

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले शुक्रबार पार्टीका तर्फबाट प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नम्बर १ मा आफ्नो उम्मेदवारी घोषणा   गरेका छन् ।  उम्मेदवारी दिदै उनले क्षेत्र नम्बर १ का मतदाताकहाँ जाँदा आफूले पाउने गाली ताली सबै स्वीकार्य हुने भन्दै मिश्रले आफू निर्वाचित भएमा सो क्षेत्रका मतदाताले गर्व गर्न सक्नेगरी काम गर्ने जिकिर गरे ।

उनलाई यसपटकको  निर्वाचनमा एमालेले पनि सघाउने संकेत गरेको छ । केहि समय अगाडी एमाले अध्यक्ष केपी शर्मा ओली र मिश्र बिच कुराकानि भएको थियो । 

उनले भने ‘यो देश तपाईँ र मेरो पुस्तालाई रजाई गर भनेर कसैले दिएको होइन।  हामीभन्दा मुनिका पुस्तालाई पनि हेर्नुपर्छ। ’

राष्ट्रवादी शक्ति निर्माण नगरीकन देशको हित हुन नसक्ने बताउदै उनले   राप्रपालाई नरम कन्जरभेटिभ पार्टी भएको बताएका । नरम कन्जरभेटिभ  हुनु भनेको अतिवाद नभएको उल्लेख गर्दै उनले भने, ‘अति वामपन्थी वा अति कन्जरभेटिभ हुनु भनेकोचाहिँ अपराध हो । अति भयो भने खति हुन्छ । नरम सम्बद्र्धनवाद जसरी राप्रपाले अघि बढाएको छ, त्यो अघि बढाउन सकियो भने देशको हित हुन्छ। ’

२०७९ असोज १४ १४:२८ बजे

प्रतिक्रिया