नेकपा (मसाल) को स्याङजा,दाङ र नवलपुरमा सम्मेलन सम्पन्न

स्याङजामा भेला

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १४ १३:३२ बजे
नेकपा मसाल

काठमाडौं । स्याङजामा भेला ,नेकपा (मसाल) जिल्ला समन्वय समिती स्याङ्जाको जिल्ला भेला मिति २०७९ असोज १२ गते सम्पन्न भएको छ । नेकपा (मसाल) जिल्ला समन्वय समिति स्याङ्जाको जिल्ला भेला कामरेड किसानको अध्यक्षता, कामरेड झिल्कोको सन्चालन, कामरेड अशोकको स्वागत मन्तव्य र शहिदहरु प्रती एकमिनेट मौनधारण गरि सम्पन्न भएको छ । भेलाका प्रमुख अतिथि केन्द्रीय प्रतिनिधि कामरेड चट्टानले नेकपा (मसाल) को बहुमत नेतृत्वले आठौं महाधिवेशनमा अबलम्बन गरेको दक्षिणपन्थी लाइनका कारण आन्तरिक संघर्ष गर्दा गर्दै पनि दक्षिणपन्थि पार्टी नेतृत्व नसुध्रिए पछि  पार्टीको क्रान्तिकारी बिचार रक्षाको लागि बिद्रोहको झण्डा उचाल्नु पर्ने परिस्थिति निर्माण भएको बताउनु भयो । भेलाले ७ सदस्यीय जिल्ला समिति निर्बाचित गर्दै सेक्रेटरीमा कामरेड कान्छा र प्रबक्तामा कामरेड हुम बहादुर रानालाइ चयन भएको कुरा नेकपा (मसाल) जिल्ला समिति, स्याङ्जा का प्रवक्ता हुम वहादुर राना ले विज्ञप्ति मार्फत जनाएका छन । 

दाङ मसालको सम्मेलन
दाङ , नेकपा (मसाल) जिल्ला समन्वय समिति दाङदेउखुरीको आयोजनामा तेह्रौं जिल्ला सम्मेलन सम्पन्न भएको छ । भूमीको अध्यक्षता, कुमारको संचालन र का। विकासको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम अगाडि बढेको थियो । प्रमुख अतिथि विकासले मैनवत्ति बालेर तेह्रौं जिल्ला सम्मेलनको उद्घाटन गर्नुभयो । प्रमुख अतिथि विकासले नेपालको कम्युनिष्ट आन्दोलनलाई संकटबाट जोगाउँदै सही क्रान्तिकारी धारको विकास गर्नु पर्ने आवश्यकतामा जोड दिनुभयो । मसाल समन्वयका लुम्बिनी प्रदेश संयोजक का। लेखक प्रदेश प्रवक्ता का। धनञ्जय, केन्द्रीय सदस्य विद्रोही, मोर्चाका तर्फबाट कमल गाउँलेले शुभकामना दिनुभएको थियो ।दोस्रो चरणको कार्यक्रममा का. भूमिले प्रस्तुत गरेको सांगठनिक तथा आर्थिक प्रतिवेदनलाई हाउसले पारित गरेको थियो । लेखक, हिमालय र वर्षाको तीन सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो । प्रमुख अतिथि का विकासले प्रस्तुत गरेका १५ सदस्यीय जिल्ला कमिटीलाई हाउसले अनुमोदन गरेको थियो । नेकपा ९मसाल० जिल्ला प्रवक्तामा रेशम वि।सीलाई सम्मेलनले चयन गरेको छ । आगामी संघीय र प्रदेश निर्वाचन बहिष्कार गर्ने, संगठन विस्तार गर्ने, संयुक्त आन्दोलनलाई अगाडि बढाउने लगायतका प्रस्तावहरु सम्मेलनले पारित गरेको छ कुरा विज्ञप्ति मार्फत जनाएको छ।

 नवलपुर जिल्ला सम्मेलन सम्पन्न 

२०७९ आश्विन १२ गते नेपाल कम्युनिस्ट पार्टी (मसाल) नवलपुर जिल्लाको ऐतिहासिक छैठौं जिल्ला सम्मेलन भब्य एबम शानदार रुपमा सम्पन्न भएको छ ।कमरेड तुफानको सन्चालन तथा कमरेड दलविरको अध्यक्षतामा सम्पन्न सम्मेलनको उद्घाटन नेकपा (मसाल) का केन्द्रीय प्रतिनिधि कमरेड कमलले ब्यानर खोलेर र ६ ओटा मैनबत्ती बालेर गर्नु भएको थियो ।साथै शुभकामना मन्तव्य राख्नु भएको थियो । अन्य शुभकामना राख्नेहरुमा रक्तिम सास्कृतिक मोर्चाको तर्फबाट कमरेड रक्तिम हर्के, महिला मोर्चाको तर्फबाट कमरेड अटल, युबक मोर्चा तर्फबाट कमरेड अविनाश र बैधानिक मोर्चाको तर्फबाट कमरेड जोसी हुनुहुन्थ्यो ।शहिदहरुप्रती एक मिनेट मौनधारण गरि अगाडि बढेको उद्घाटन सत्रमा सम्पुर्ण अतिथि, प्रतिनिधि, पर्यवेक्षक तथा दर्शकहरूलाई कमरेड प्रखालले स्वागत गर्नु भएको थियो ।
उद्घाटन सत्र समाप्ती संगै कमरेड अकवर, कमरेड परिवर्तन, कमरेड सम्झना रहेको तीन सदस्यीय अध्यक्षमण्डलले बन्दसत्रको सम्पुर्ण कार्य सम्पन्न गरेको थियो । बन्दसत्रमा साङगठनिक प्रतिबेदन नेपाल कम्युनिस्ट पार्टी ९मसाल० नवलपुर जिल्ला समितिका सयोजक कमरेड लखनले र आर्थिक प्रतिवेदन जिल्ला कोषाध्यक्ष कमरेड रमेशले प्रस्तुतगर्नु भएको थियो । उक्त प्रतिबेदनहरु व्यापक छलफल पछि पारित भएका थिय ।

नवलपुर पार्टीलाई अगाडि बढाउन नयाँ जिल्ला समितिको निर्वाचनकोलागि ३ सदस्यीय निर्वाचन मण्डल गठन भयो। जसमा कमरेड विकास, कमरेड धिरा, कमरेड तुफान (क) रहनु भएको थियो । उक्त निर्वाचन मण्डलले संख्या र नामावली सहितको प्यानल पेस गरेको थियो । प्रस्तुत सङ्ख्या र प्यानललाइ एक मतले पारित गर्दै पाँचौँ जिल्ला सम्मेलनबाट निर्वाचित समिति विघटन गरि छैठौं जिल्ला समिति निर्बाचित गरेको छ । ततपश्चात् बसेको पहिलो बैठकले सेक्रेटरीमा कमरेड लखन र जिल्ला प्रबक्तामा कमरेड योगेन्द्र पौडेललाइ चयन गरेको छ कुरा मितिस् २०७९ असोज १२ गते प्रवक्ता  योगेन्द्र पौडेल ले विज्ञप्ति मार्फत जनाएका छन।

२०७९ असोज १४ १३:३२ बजे

प्रतिक्रिया