आफ्नै पार्टीको सरकारले डेंगु नियन्त्रणमा केही पनि नगरेको भन्दै तात्तीय गगन थापा

नेपालमा पछिल्लो समयमा डेंगु विरामी यसबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १४ १०:३४ बजे
गगन थापा

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले डेंगुको प्रकोप नियन्त्रणमा सरकारले केही पनि गर्न  गर्न नसकेको सरकारको आलोचना गरेका छन् । 

‘डेंगुलाई सरकारले प्राथमिकतामा राख्नु पर्ने थियो । सरकारले काम गरेको छैन, पटक्कै चित्त बुझेको छैन,’ आज काठमाडौंको चाबहिलमा आयोजित एक कार्यक्रमा थापाले भने, ‘हामीले कोभिडको बेला अर्को सरकारलाई भन्यौं तर अहिले हाम्रै सरकारले काम गरेन ।’

सरकार अहिले चुनावको तयारीमा रहे पनि डेंगु नियन्त्रणलाई पनि प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ रहेको छ ।  ‘तालमेल मिलाउने, भागबण्डा गर्ने त्यो पार्टीको काम हो, त्यो पनि गर्नुपर्छ,’ उनले भने, ‘यस बेलाको प्रमुख प्राथमिकता डेंगु हुनुपर्ने हो ।’ नेपालमा पछिल्लो समयमा डेंगु विरामी यसबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । 

२०७९ असोज १४ १०:३४ बजे

प्रतिक्रिया