पुष्पलालबाटै दीक्षित भएर नेकपा एस निर्माण गरेको हुँ : माधव नेपाल

पुष्पलालबाटै दीक्षित भएर नेकपा एस निर्माण गरेको हुँ : माधव नेपाल

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ७ १२:२० बजे
माधव नेपाल
काठमाडौं। सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपाको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ को शिक्षाबाट दीक्षित भएर नेकपा समाजवादी पार्टी निर्माण गरेको  बताउनुभएको छ  । 
नेकपाको संस्थापक महासचिव पुष्पलालको ४४ औं स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली दिन कीर्तिपुरको चम्पादेवी पुगेका नेपालले पुष्पलालको शिक्षा दिक्षाबाट दीक्षित भएर नेपालको इतिहासमा कीर्तिमान कायम गरेको बताएका हुन्। उनले कसैले असम्भव ठानेको कुराहरुलाई आफूले सम्भव तुलाएको समेत बताए।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदैछ । विं स। १९८१ असार १५ गते रामेछापको भंगेरीमा मध्यमवर्गीय परिवारमा जन्मिनु भएका पुष्पलाल नेपाली क्रान्तिका सिद्धान्तकारका रूपमा परिचित छन्।
२०७९ साउन ७ १२:२० बजे

प्रतिक्रिया