सालकको खपटासहित काठमाडौंबाट दुई जना पक्राउ

गोप्य सूचनाको आधारमा बिहीबार दिउँसो खटिएको सिआइबीको टोलीले साढे दुई केजी सालकको खपटासहित उनीहरूलाई काठमाडौंको पेप्सीकोलाबाट पक्राउ गरेको हो

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १३ २२:३२ बजे
पक्राउ

काठमाडौं। सालकको खपटासहित दुई जना पक्राउ परेका छन् ।  सिन्धुलीको गालञ्जोर गाउँपालिका-४ का ५५ वर्षीय यमबहादुर कामी र फिक्कल गाउँपालिका-४ का २८ वर्षीय रत्नबहादुर मगरलाई  प्रहरीले पक्राउ गरेको हो । 

गोप्य सूचनाको आधारमा बिहीबार दिउँसो खटिएको सिआइबीको टोलीले साढे दुई केजी सालकको खपटासहित उनीहरूलाई काठमाडौंको पेप्सीकोलाबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

२०७९ असोज १३ २२:३२ बजे

प्रतिक्रिया