समाजवादीका दुई सांसद र जिल्ला अध्यक्षले गरे एमाले प्रवेश

बारा जिल्ला अध्यक्ष तथा मधेश प्रदेशका सांसद सुन्दर विश्वकर्मा र केन्द्रीय सदस्य तथा सांसद सीता गुरुङलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १३ १९:०२ बजे
एमाले प्रवेश

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का डोल्पा जिल्ला अध्यक्षले एमाले प्रवेश गरेका छन् । जिल्ला अध्यक्ष नन्दसिंह बुढासहितका  अन्य नेताकार्यकर्ताहरुले एमालेमा प्रवेश गरेका हुन् । 

 बुढासहित . जिल्ला कमिटीका ४० जना सदस्य, प्रदेश, नगर र गाउँपालिका कमिटी गरेर ६० नेताकार्यकर्ताहरुले एमाले प्रवेश गरेका हुन् ।  

यसैगरी, नेकपा (एस) बारा जिल्ला अध्यक्ष तथा मधेश प्रदेशका सांसद सुन्दर विश्वकर्मा र केन्द्रीय सदस्य तथा सांसद सीता गुरुङलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे । 

बालकोटमा स्वागत गर्दै एमाले अध्यक्ष ओलीले पार्टीले राष्ट्रियतालाई सुदृढ बनाउने, जनतालाई सेवा, सुविधा पुर्‍याउने, जनताको गरिबी हटाउने एवम् अविकासको स्थितिबाट विकासको स्थितिमा पुर्‍याउने प्रयासमा एमाले रहेको बताए । यसै अभियानमा जोडिन  आएको भन्दै ओलीले उनिहरुलाई स्वागत गरेका छन् । 

२०७९ असोज १३ १९:०२ बजे

प्रतिक्रिया