भिमदत्त पन्तको टाउको कांग्रेसले कटाएको हो : ओली

भिमदत्त पन्तको टाउको कांग्रेसले कटाएको हो : ओली

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ७ १२:१५ बजे
ओली

काठमाडौं ।   प्रमुख  प्रतिपक्ष  दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रजातान्त्रिक लडाईंमा नेपाली कांग्रेसका तर्फबाट सहिद भएकाहरुलाई कांग्रेसले उचित सम्मान  दिन  नसकेको बताएका छन् ।

कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको श्रद्धाञ्जली कार्यक्रममा  बोल्दै ओलीले मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री छँदा २०१० सालमा भिमदत्त पन्तको टाउको कांग्रेसले कटाएको आरोप लगाउदै त्यही कारण कांग्रेसले भिमदत्तलाई सहिद नमानेको आरोप समेत लगाएका छन् ।

भिमदत्त र विद्यार्थी नेता चिनिया काजीको नाम लिँदा कांग्रेसलाई सिरिंग हुने ओलीको टिप्पणी थियो । दुर्गानन्द झाले राजा महेन्द्रको गाडीमाथि बम हान्दा त्यसको जिम्मेवारी कांग्रेसले नलिएको पनि उनले बताएका छन्।

‘दुर्गानन्द झालाई राजामाथि बम हानेको भनेर फाँसी दिइएको थियो । उनले बम हानेका थिए कि थिएनन् त्यो बेग्लै कुरा हो । हानेका थिए भने त्यो कांग्रेसकै कार्यकर्ताका रुपमा परिवर्तनका लागि हानेका थिए । तर कांग्रेसले त्यसको ओनरसीप लिएन । दुर्गानन्दलाई सहिद मानेनन,’ ओलीले भने ।

२०७९ साउन ७ १२:१५ बजे

प्रतिक्रिया