लगातार तेस्रो दिन पनि बढ्यो सेयर बजार

नेप्से आज उकालो लागेसँगै १८५३ . ७६ विन्दुमा पुगेको छ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १३ १६:५० बजे
सेयर बजार

 काठमाडौं ।  लगातार ओरालो यात्रामा रहेको सेयर बजार  पछिल्ला ३ दिनमा भने  निरन्तर उकालो लागेको छ । नेप्से आज १६.२९ अंकले उकालो लागेको  हो ।  नेप्से आज उकालो लागेसँगै १८५३ . ७६ विन्दुमा पुगेको छ ।

आज जीवन बीमाबाहेक सबै समूहको सेयर बढेकोमा माइक्रोफाइनान्स र उत्पादन समूहको सेयर उच्च  अंकले उकालो लागेका छन् । 

कारोबार रकम हिजोको तुलनामा सामान्य बढेको छ । हिजो ४८ करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय २३ वटा कम्पनीका १७ लाख ९१ हजार कित्ता शेयर ६३ करोड २४ लाख रुपैयाँमा कारोबार भएको छन् । सबैभन्दा धेरै नेपाल इन्सुरेन्स कर्पोरेशनको प्रमोटर सेयर चार करोड ४८ लाख रुपैयाँमा किनबेच भयो ।

अभियान लघुवित्तको सेयर १० प्रतिशत तथा गुराँस लघुवित्त, समिट लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त र एनआईबीएल ब्यालेन्स फन्डको सेयर पाँच प्रतिशतभन्दा धेरैले उकालो लागेका छन् ।  साम्लिङ पावर कम्पनी सबैभन्दा धेरै ओरालो लागेको छ ।  


२०७९ असोज १३ १६:५० बजे

प्रतिक्रिया