देउवाले गगन थापालाई तोरीको फुल देखाइदिए : बास्कोटा

बालुवाटारमा रमिता छ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १३ १४:५२ बजे
गोकुल बास्कोटा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले नेपाली कांग्रेसका नेताहरूलाई ब्यंग्य गरेका छन् । कुनै वेला  नेपाली कांग्रेसका नेता गगन थापाले एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार रहेका बेला ‘सरकार कसरी चलाउनुपर्छ हामी सिकाउँछौँ’ भनेर  गरेको टिप्पणी , नेता मिनेन्द्र रिजाललगायतप्रति लक्षित गर्दै उनले देउवाले तोरीको फूल देखाइदिएको  बताएका छन् ।  

सामाजिक सञ्जालमा टिप्पणी लेख्दै उनले कांग्रेसको संस्थापनइतर पक्षका नेताहरूको विद्रोहलाई कांग्रेसी आँगनमा देउसी खेल्दै हिँडेको आरोप लगाएका छन् । उनले बालुवाटारमा गठबन्धनको लगातारको बैठकलाई लक्षित गर्दै रमिताको संज्ञा दिएका छन् ।

बास्कोटाले ट्वीटरमा लेखेका छन्, ‘बालुवाटारमा रमिता छ । डेंगीको फैलावटले जनता हैरान छन् । सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिएपछि कांग्रेसभित्रकै डेंगीबाट त्राहीमाम छन् । देश जोगाउन माझी खोज्न हिँडेकाहरू कांग्रेसी आँगनमा देउसी खेल्दै छन् । रामराज्य प्राप्तिपछि सुतेको नागरिक समाज कुम्भकर्णे निन्द्रामै छ ।’

 


२०७९ असोज १३ १४:५२ बजे

प्रतिक्रिया