एकाएक एमालेमा ‘१० बुँदे’लाई टिकट नदिने ओलीको अडान

अध्यक्ष ओलीले भने कुनै विना आलोचना कसैलाई टिकट दिन नसकिने

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १३ १४:३५ बजे

काठमाडौं ।  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका पदाधिकारी बैठक बुधबार राति साढे २ बजेसम्म चलेको बैठकमा  १० बुँदे समझदारी मार्फत पार्टी आएकाहरुको विषयमा छलफल भएको छ ।  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार छनोटको विषयमा भएको छलफलमा १० बुँदे समझदारीमार्फत् पार्टीमा रहेका नेताहरुका बारेमा बारम्बार कुरा उठेको हो । 

छलफलका क्रममा अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिमार्फत् पार्टीमा बसेका नेताहरूको नाम आउनेबित्तिकै उनीहरूको बारेमा थप छलफल गर्नुपर्ने बताएका हुन् ।  

 ‘पार्टी अध्यक्षलाई नै प्रधानमन्त्रीबाट बर्खास्त गर्न हस्ताक्षर गरेका नेताहरुलाई बिना कुनै आत्मआलोचना कसरी टिकट दिने रु’ छलफलमा ओलीको भनाइ उधृत गर्दै एक नेताले भने, ‘उहाँहरुले त्यतिखेर हामीबाट गम्भीर गल्ती भयो भनेर लिखित रुपमा आत्मआलोचना गर्नुपर्छ, नत्र फेरि पनि पार्टीलाई धोका दिने सम्भावना हुन्छ ।’

 १२ जना नेता १० बुँदे सहमति गरेर एमालेमा आएका हुन् । बाँकीले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरे । १० बुँदे बाट पार्टीमा आए नेताहरू आगामी मङ्सिरमा हुने निर्वाचनका लागि सिफारिस भएका छन् । अध्यक्ष ओलीले भने कुनै विना आलोचना कसैलाई टिकट दिन नसकिने  बताएका हुन् । 

२०७९ असोज १३ १४:३५ बजे

प्रतिक्रिया