शेखर-गगन समूहमा टिकट माग्नेको लाइन

कार्यक्रमलाई थापा र कोइरालाले स्वातग गरेका थिए

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १३ ११:११ बजे
शेखर-गगन समूह

काठमाडौं । नेपाली काेंग्रसका नेता शेखर कोइराला  र महामन्त्री गगन थापाको समूहले दसैं, तिहार र छठका अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छन्। नेपाली कांग्रेस खबरदारी अभियानको ब्यानरमा गरिएको चियापान कार्यक्रममा टिकटको चर्चा बढी भएको छ ।

संस्थापन पक्षले आफूहरूलाई पेलेरै समानुपातिक बन्दसूची तयार गरेको र प्रत्यक्षतर्फ पनि टिकट खोस्न खोजेको  चिया पान कार्यक्रममा बहस नै भएको छ । 

बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा आयोजित चियापान कार्यक्रममा शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायतकाका नेता सहभागि रहेका थिए । कार्यक्रमलाई थापा र कोइरालाले स्वातग गरेका थिए । 

उनीहरू टिकट माग्ने नेतारकार्यकर्ताले घेरिएका थिए । उनीहरूले कार्यकर्ताको गुनासो सुन्दै भने, ;त्यही नाम नपरेर तपाईं(हामी सबै यहाँ भेला भएका छौं । नत्र त आफ्नै पार्टीमा न्यायका लागि लड्नै पर्दैन थियो नि ।' नेताहरूले नेतृत्वसँग आफूहरूका मागबारे छलफल भइरहेको भन्दै कार्यकर्तालई आश्वस्त पार्न खोजेका छन् ।

कोइराला समूहले समानुपातिकतर्फको बन्द सूचीमा आफ्नो समूहका नेताहरूको नाम समावेश नगरिएको र समानुपातिक सुचि सच्याउनु पर्ने माग राख्दै आएका छन् । 

२०७९ असोज १३ ११:११ बजे

प्रतिक्रिया