राप्रपामा समाहित रवीन्द्र मिश्र

हिजोको कार्यक्रममा उनले के भने

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १३ ०७:२७ बजे
रवीन्द्र मिश्र

काठमाडौं । साझा विवेकशील पार्टीका संस्थापक अध्यक्ष रवीन्द्र मिश्र ले राप्रपा प्रवेश गरेसँगै  उनि माथि विभिन्न टिप्पणी हुन थालेका छन् । पत्रकारिताबाट राजनीतिमा छिरेका रवि पत्रकारिता र राजनीतिबाट हात धुनुपर्ने अवस्थात आउने होइन भन्दै एउटा प्रश्न पनि उब्जिएको छ ।  पत्रकारितामा उनले उच्च छवि बनाएका थिए तर उनले ।राजनीतिमा भने आफ्नो छविलाई निरन्तरता दिन भने सकेनन् ।  राजनीतिक यात्राको आधा दशकमै मार्ग परिवर्तन गरेर रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा पुगेका छन् ।


मिश्रले  काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममार्फत विधिवत रुपमा राप्रपामा प्रवेश गरे । उनी मंसिर ४ को निर्वाचनमा काठमाडौं–१ बाट उम्मेदवार बन्ने तयारीमा छन् । ०७४ मा कांग्रेस नेता प्रकाशमान सिंहसँग झिनो मतले पराजित तत्कालीन विवेकशील साझाका अध्यक्ष मिश्र यसपटक राप्रपाबाट चुनाव लड्दै छन् ।  उनलाई यस पटकको निर्वाचनमा एमालेले सघाउने संकेत गरेको छ । उनलाई एमालेले सघाए जित्ने सम्भावना रहेको छ । 

हिजोको कार्यक्रममा उनले के भने 

उनले  आफूलाई तिन खण्डमा राखेर व्याख्या गर्दै भने, म लामो समय बाहिर बसेर नेपाल फर्कीए मेरो उद्देश्य राजनीति गर्ने थिएन र साझा पार्टीको निमार्ण गरियो मैले राजावादीलाई  भत्काएर भारतीय वादको विकास नगरून् भन्ने मेरो चाहना हो । तिन वर्ष यता के अनुभव हुन थाल्यो भने विदेशीले पनि नेपाललाई केन्द्रमा राखेर संवेदनशिल  हिसाबले अघि बढ्न नसकेको  बताए । राजनीतिक गर्नेहरू ले देशको लागि गर्नुपर्छ  । त्यसैले मलाई के लाग्यो भने, नेपालमा  चामलको बोरा भित्र  बाइबल वितरण गरिन्छ । यो राम्रो होइन्  तर म सबैको सम्मान गर्छु र मलाई  लाग्यो यो देशमा  राजा चाहिन्छ । 

 आज भोलि देशमा रहेको  व्यवस्था  देशले धान्न नसक्ने भएका यसको आवश्यकता नरहेको  बताएका छन् । विश्वमा थोरै देशमा मात्र सफल भएकाले संघीयता देशको  आवश्यकता  नरहेको  बताए । उनले नेपाली कांग्रेसले आफूमा विचलन आएको बताएकोमा  कांग्रेस २०४६ साल पछि कसमा विचलन आयो सोच्नु जरुरी रहेका बताएका छन् । उनले भने , माओवादीले हतियार उठाउँदा कसको सरकार थियो?  ,  लौरा काण्ड धमिजा काण्ड गर्दाखेरी कसको सरकार थियो ? संसदहरुको किनबेच गर्दा खेरी कसको सरकार थियो रु विपि कोइराला गणेशमान सिंको सपना मारेर मैले विचल ल्याएको तपाईले विचलन ल्याएको ? कांग्रेसको आर्दश हामिले बोकेका छौं ।  

तपाईहरु नै गणेशमान सिं र कृष्ण भट्टराईलाई रुवाएर पार्टी छोड्न बाध्य बनाउने ? मेरो राजासँग कुनै लिनु दिनु छैन् मलाई देशलाई बचाई राख्दा म प्रतिगामी साथै उनले कार्यक्रममा बोल्दै भने टाउकोको मुल्य राखेर टाउको जोड्दा  तपाई अग्रगामी  अनि हामि चाहि पश्चागामी  उनले कांग्रेसका कार्यताहरुलाई  नेताहरुलाई  आफ्नै मार्यक्रताहरुको घाँटी रेट्नेहरुसँग  बढी बिताई राख्नु भाको छ की जनतासँग  अनि विचलन आयो ।

२०७९ असोज १३ ०७:२७ बजे

प्रतिक्रिया