टी-२० सिरिज दक्षिण अफ्रिकाविरुद्ध भारत ८ विकेटले विजयी

कप्तान रोहित शर्मा शून्यमा नै आउट भए

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १३ ०६:३७ बजे
टी-२० सिरिज

काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको पहिलो टी- 20 खेलमा भारत ८ विकेटले विजयी भएको छ । तिरुवनन्तपुरमा भएको प्रतिस्पर्धामा दक्षिण अफ्रिकी टिमले पहिले ब्याटिङ गर्दै १ सय ६ को स्कोर बनाएको थियो । जवाफमा सूर्यकुमार यादव र केएल राहुलको शानदार ब्याटिङको बलमा भारतले २० बल बाँकी छँदै जित निकालेको हो । ३ म्याचको टी 20 सेरिजमा भारतले १-० को अग्रता बनाएको छ ।

कप्तान रोहित शर्मा शून्यमा नै  आउट भए । विराट कोहली पनि केवल ३ रनमै सीमित भए । तर पछि केएल राहुल र सूर्यकुमार यादवले म्याचको चित्र बदलिदिए । दुवैले मुस्किल पिचमा धमाकेदार ब्याटिङ गरे । 

२०७९ असोज १३ ०६:३७ बजे

प्रतिक्रिया