सार्वजनिक पदमा बसेका व्यक्तिको उम्मेदवारी स्वतः खारेज

आयोगले निर्वाचन आचार संहिता लागु गरिसकेको छ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १३ ०६:२६ बजे
उम्मेदवारी स्वतः खारेज

काठमाडौं । सार्वजनिक पदमा बसेका व्यक्तिको उम्मेदवारी स्वतः खारेज हुने  भएको छ ।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सार्वजनिक पदमा बसेका व्यक्तिको उम्मेदवारी स्वतः खारेज हुने बताएका हुन् । 

नेपालगन्जमा आयोजित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको प्रशिक्षणमा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले उम्मेदवारले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य हुँ भन्न नपाउने बताएका हुन् ।  

उनले भने  ‘कसैले पनि कात्तिक २४ गतेदेखि प्रतिनिधि सभा र प्रदेश सभाको सदस्य हुँ र उम्मेदवार पनि हुँ भन्न पाउँदैनन् । त्यतिबेला सार्वजनिक र उम्मेदवारी दुवैतिरको पद खारेज हुन्छ ।’

आयोगले निर्वाचन आचार संहिता लागु गरिसकेको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचार संहिता पालना भए नभएको अनुगमन गर्न विशेष अनुगमन टोली नै गठन गर्ने  बताएका छन् । 

२०७९ असोज १३ ०६:२६ बजे

प्रतिक्रिया