मुसलधारे वर्षाका बिच विभिन्न पार्टीहरू द्धारा संसद भवन घेराउ र विरोध सभा

मुसलधारे वर्षाका बिच विभिन्न पार्टीहरू द्धारा संसद भवन घेराउ र विरोध सभा

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ६ २१:०७ बजे
विरोध सभा

काठमाडौं ।  प्रतिनिधि सभाको आज बैठकबाट  विरोध र  होहल्लाका  बाबजुत  पनि  नेपाल सरकारले  बहुमतले नागरीता विद्येयक पारित गरेको छ ।  कांग्रेस , माओवादी केन्द्र, माधव नेपालको समाजवादी, जनता समाजवादी र सरकारी जनमोर्चाको गठबन्धन सरकारले  भारतलाई खुशी पारी आफ्नो सत्ता जोगाउन का लागी फाष्टट्रयाक वाट राष्ट्रघाती नागरिकता विधेयक  पास  गरेको सरकारलाई  आरोप रहेको छ ।

जसमा जन्मका आधारमा नागरिकता पाएको सन्तानलाई अंगीकृत नागरिकता नदिई वंशजको नागरिकता दिने, नेपाली नागरिक आमा वाट जन्मेका बाबुको पहिचान हुन नसकेका व्यक्तिलाई वंशजका आधारमा नागरिकता दिने, विदेशी महिला ले  नेपाली नागरिक सँग विवाह गरेमा विवाह मण्डपमा नै नेपाली नागरिकता दिने, गैरआवआसिय नेपालीलाई परिचयपत्र नदिई नागरिकता दिने जस्ता  प्रावधान राखी पास गरि गरेको  छ । 

नेपालमा नै नेपालीलाई अल्पमत र भारतीयहरूलाई बहुमत मा पुर्याउने उद्देश्यका साथ यो विधेयक आएको कुरा राजमो समन्वय समितिका उपाध्यक्ष चिन्तामणि पौडेलले बताउनुभयो ।आज दिउसो १ वजे वाट बानेश्वरमा  शुरु भएको संसद् भवन घेराउ तथा विरोध सभालाई नेपाल कम्युनिष्ट पार्टी मसाल समन्वय समितिका तर्फ वाट नारायण सापकोटा, नेकपाका अध्यक्ष लोकनारायण सुवेदी, नेकपा बहुमत का कृष्ण धमाल , नेकपा माओवादी (क्रान्तिकारी) का पवन श्रेष्ठ , नागरिक अगुवा साध्य बहादुर भण्डारी, नेकपा माले को अध्यक्ष सिपी मैनाली र जनसमाजवादी डम्बर विक्रम  कार्की ले सम्बोधन  गरेका हुन् । 

 कार्यक्रमको   सञ्चालन शारदा महतरा ले गरेकी थिइन।  जुनसुकै अवस्था यो नागरिकता विधेयक पास हुन दिन नहुने र देशको राष्ट्रियता नै दाउमा राखेर विदेशीका स्वार्थ अनुरूप गठबन्धन सरकार चलेको  र आफू देशभक्त हौ भन्ने माओवादी केन्द्र र सरकारी जनमोर्चाको देशभक्तिको  पर्दाफास यस विधेयकले गरेको कुरा नारायण सापकोटाले  बताएका छन् ।

जुनसुकै मूल्यमा यो विधेयक पास हुन दिन नहुने यसलाई खारेज गरिनु पर्ने यसो नगरेमा यस वाट नागरिकता प्राप्त गर्ने विदेशीले देश नै खारेज गर्ने छन त्यसकारण सबै देशभक्तहरू एक भइ देशको रक्षार्थ यो विधेयक खारेज गर्नु पर्ने र यसका दुष्परिणाम गठबन्धन सरकारलाई समर्थन गर्ने पार्टी ब्यहोर्नु पर्ने  कुरा साध्य बहादुर भण्डारीले बताए।

२०७९ साउन ६ २१:०७ बजे

प्रतिक्रिया