हिमेश पन्त राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभामा उम्मेदवार बन्ने -यो हो उनको क्षेत्र

पन्त धादिङकै स्थानीय हुन्

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १२ १४:२२ बजे
हिमेश पन्त

काठमाडौं । पहिलो कमेडी च्याम्पियनका विजेता हिमेश पन्त धादिङबाट प्रतिनिधि सभामा उम्मेदवार बन्ने भएका छन्।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उनि उम्मेदवार बन्न लागेका हुन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार सिफारिस भएको हिमेश पन्तले जनाएका छन् । 

राजनीतिमा पनि युवा लाग्नुपर्छ भन्ने उदेश्यले आफु राजनीतिकमा आउन लागेको उनले बताएका छन् ।  

उनले भने , ‘मेरो राजनीतिप्रति पहिलेदेखि नै झुकाव थियो,’ उनले भने, 'त्यसैले पनि अहिले आएर म चुनावमा उठ्ने निधो गरेको हुँ।'भएका सबै राजनीति पार्टिको पुरातनवादी सोच भएका कारण आफूले राष्ट्रिय स्वतन्त्र पार्टीमा उम्मेदवार दिने भएको उनी बताउँछन्। 

 पन्त धादिङकै स्थानीय हुन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट आगामी मंसिर ४ गते हुने प्रत्यक्ष तर्फको निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस भएका छन् । 

२०७९ असोज १२ १४:२२ बजे

प्रतिक्रिया