नेकपा (मसाल)का भेला र सम्मेलनहरु तिव्ररुपमा सम्पन्न हुदै

नेपाल कम्युनिस्ट पार्टी ( मसाल) का विभिन्न जिल्लाका भेलाहरू तिव्र रुपमा भइरहेका छन्

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ११ २०:३२ बजे
नेकपा (मसाल)

काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी ( मसाल) का विभिन्न जिल्लाका भेलाहरू तिव्र रुपमा भइरहेका छन् । 

बाँके भेला

नेपाल कम्युनिस्ट पार्टी (मसाल ) जिल्ला समन्वय समिति बाँकेको विशेष जिल्ला भेला सम्पन्न भएको छ । भेलाले निकट भविष्यमा हुन गइरहेको पार्टीको विशेष महाधिवेशन सम्बन्धी महत्त्वपूर्ण निर्णय गर्नुको साथै नयाँ जिल्ला संगठन समितिको पुनर्गठन समेत गरेको छ ।

भेलाको उद्घाटन गर्दै प्रमुख अतिथि एवं केन्द्रीय प्रतिनिधि कामरेड प्रकरणले अहिले क्रान्तिकारी कम्युनिस्ट आन्दोलन सङ्कटको अवस्थामा रहेको , कम्युनिस्ट झण्डा र लोगो मुनि देश र जनताको विरुद्धका राष्ट्रघाती एवं जनघाती कार्य भैरहेकोले त्यसका विरुद्ध क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको पुनर्निर्माण गर्नुपर्ने अवस्था आएको बताउनु भएको छ । सम्बोधनको क्रममा कामरेड प्रकरणले अहिलेको निर्वाचन प्रणाली नै गलत भएको प्रसङ्ग कोट्याउदै पैसाले भोट किन्ने, अल्पमतले बहुमतमाथि शासन गर्ने, सरकार सञ्चालनको नाउँमा भ्रष्टाचार गर्ने र अकुत सम्पत्ति कमाउने गतिविधि हावी भएकोले आगामी मङ्सिरको घोषित निर्वाचनको औचित्य नरहेको बहिष्कार गरी नयाँ जनवादी कान्तिको आधार तयार गर्नु पर्ने कुरा  स्पष्ट पार्नु भयो । जिल्ला भेलाले  कामरेड जीवनको नेतृत्वमा ११ सदस्यीय जिल्ला संगठन समितिको पुनर्गठन गरेको छ ।  वाके जिल्लाबाट महाधिवेशनमा प्रतिनिधित्व गर्ने प्रतिनिधि र पर्यवेक्षक चयन गरेको छ । भेलाले जिल्लाका कतिपय स्थानीय मुद्दाहरूको उठान गरेर संघर्ष गर्ने  छ ।जस अनुसार अहिले जिल्लामा मिटर ब्याज, कृतिम महङ्गी, चाडपर्वको अवसरमा भारतदेखि नेपाल आउने क्रममा नेपालीहरू सिमानामा ठगिने एवं लुटिने घटनाहरू हुने भएकोले यसबारे राज्यका सम्बन्धित निकायसँग परामर्श एवं अनुगमन गर्न सचेत गराउँदै पार्टीले आवश्यक संघर्ष  अगाडि बढाउने छ। 

जिल्ला भेला संयोजक कामरेड जीवनको अध्यक्षता, कामरेड सचेतको सञ्चालन र कामरेड कर्णालीको स्वागत तथा ज्ञात अज्ञात सहिद प्रति एक मिनेट मौन धारण गरेपछि प्रमुख अतिथि कामरेड प्रकरणद्वारा मैन बत्ति बालेर उद्घाटन गरिएको थियो र भेला सफलताको शुभकामना दिने अतिथिहरूमा वैधानिक मोर्चाबाट कामरेड रूपान्तर, किसान मोर्चाबाट कामरेड निर्माण, महिला मोर्चाबाट कामरेड निष्ठा, युवक मोर्चाबाट कामरेड सौरभ, बिद्यार्थी मोर्चाबाट कामरेड सनमले शुभकामना मन्तव्य दिएका थिए । अन्तमा कामरेड हिमाल (ख ) ले नव निर्वाचित जिल्ला संगठन समितिलाई हार्दिक बधाई एवं कार्यकाल सफलताको शुभकामना दिएका थिए भने सेक्रेटरी कामरेड जीवनले प्रतिबद्धता सहित धन्यवाद ज्ञापन एवं समापन गरेका थिए कुरा  जिवनले २०७९असोज ८ गतेको विज्ञप्ती मार्फत जनाएका छन।

कास्कीमा सम्मेलन

पार्टीको कास्की जिल्लाको ऐतिहासिक पाँचौ जिल्ला सम्मेलन पोखरामा भब्य एबम शानदार रुपमा सम्पन्न भयो । कामरेड जन्जिरको सन्चालन तथा कामरेड चट्टानको अध्यक्षतामा सम्पन्न सम्मेलनको उदघाटन नेकपा ( मसाल) का केन्द्रीय प्रतिनिधि कामरेड कमलले मैनबत्ती जलाएर गर्नु भएको थियो । उदघाटन मन्तव्य राख्दै कमरेड कमलले इतिहासको गम्भीर कालखण्डमा नेपाल गुज्रिरहेको अबस्थामा नेपालको कम्युनिस्ट आन्दोलनको रक्षा गर्नु हाम्रो कर्तव्य रहेको बताउनु भयो । मोहन बिक्रम सिंहले मसालको मुलधारलाइ दक्षिणपन्थी दिशा तर्फ लैजादै गरेको अबस्थामा पार्टीको कान्तिकारीधारको रक्षा र बिकास गर्नु पर्ने दायित्व आएकोले बिशेष महाधिवेशन गर्नु परेको बताउनु भयो । 

शुभकामना मन्तव्य राख्दै नेकपा(मसाल) गण्डकी समन्वय ब्युरो सचिब कामरेड क्रीस्टलवाङले देशको आबस्यकता अनुसार पार्टीलाई थप रुपान्तरण गर्दै वर्गसंघर्ष र आन्दोलनको भट्टिवाट खारिएर अगाडि बढ्नु पर्नेमा जोड दिए  । शिक्षक मोर्चाबाट कमरेड सितल, सास्कृतिक मोर्चाबाट कामरेड आयान र महिला मोर्चाबाट कामरेड उद्देश्यले सम्मेलन सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।शहिदहरु प्रती एक मिनेट मौनधारण गरि अगाडि बढेको उदघाटन सत्रमा सम्पुर्ण अतिथि , प्रतिनिधि, पर्यबक्ष्यक तथा दर्शकहरूलाई जिल्ला प्रबक्ता कामरेड अर्जुन शर्माले स्वागत गर्नु भएको थियो । 

उद्घाटन सत्र समाप्ती संगै कामरेड पहाड अध्यक्ष र सदस्य द्वय कामरेड उद्देश्य र कामरेड जन्जिर रहेको तीन सदस्यीय अध्यक्षमण्डलले बन्दसत्रको सम्पुर्ण कार्य सम्पन्न गरेको थियो । बन्दसत्रमा साङगठनिक तथा आर्थिक प्रतिबेदन कामरेड चट्टानले पेस गर्नु भएको थियो । उक्त प्रतिबेदन उपर व्यापक छलफल पछि सुझाव सहित पारित भएको थियो । त्यसपछि निर्वाचन मण्डलले कास्किको पार्टीलाई अगाडि बढाउनको लागि जिल्ला समितिको संख्या र नामावली सहितको प्यानल कामरेड क्रीस्टलवाङले पेस गर्नु भएको थियो । प्रस्तुत सङ्ख्या र प्यानललाइ एक मतले पारित गर्दै जिल्ला नेतृत्व निर्बाचित गरेको थियो । तत पश्चात् बसेको पहिलो बैठकले सेक्रेटरी र जिल्ला प्रबक्ता चयन गरेको छ । सम्मेलनले बिशेश महाधिवेशनको लागि प्रतिनिधि र पर्यवेक्षकहरु समेत चयन गरेको छ । सम्मेलनमा निर्बाचित समितिलाई कामरेड क्रीस्टलवाङले बधाई शुभकामना र निर्बाचित सचिब कामरेड चट्टानले प्रतिबद्धता मन्तव्य राख्नु भएको  कुरा मितिस् २०७९ असोज १० गते नेकपा (मसाल) कास्की जिल्लाका प्रबक्ता बिक्रम थापा  विज्ञप्ति वाट जनाएका छन।

बागलुङमा सम्मेलन

नेकपा (मसाल) वाग्लुङ जिल्लाको सम्मेलन कामरेड प्रभातको सन्चालन, कामरेड रण बहादुरको अध्यक्षतामा सम्पन्न सम्मेलनको उदघाटन नेकपा (मसाल) का केन्द्रीय प्रतिनिधि कामरेड कमलले मैनबत्ती बालेर गर्नु भएको थियो । उदघाटन मन्तव्य राख्दै कमरेड कमलले दक्षिणपन्थी अवसरवादका विरुद्ध सम्झौतहिन संघर्ष गर्दै क्रान्तिकारी विचारधाराको रक्षा र विकासको लागि क्रान्तिकारी पार्टी निर्माण आजको अनिवार्य आवाश्यकता हो, भन्नुभयो । सम्मेलनमा नेकपा(मसाल) गण्डकी व्युरो समन्वय समितीका सेक्रेटरी क. कृष्टलवाङ, शिक्षक मोर्चाबाट कमरेड भुगोल, सास्कृतिक मोर्चाबाट कामरेड दिलिप वैधानिक मोर्चाबाट क। पहाडले सम्मेलन सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।

शहिदहरु प्रती एक मिनेट मौनधारण गरि अगाडि बढेको उदघाटन सत्रमा सम्पुर्ण अतिथि , प्रतिनिधि, पर्यबक्ष्यक तथा दर्शकहरूलाई कमरेड रतनले स्वागत गर्नु भएको थियो । उदघाटन सत्र पछि तीन सदस्यीय अध्यक्ष मण्डलको गठन गरेर अध्यक्षमण्डले बन्दशत्रको कार्य अगाडि बढाएको थियो । बन्दसत्रमा क. रणबहादुरले साङगठनिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो जुन व्यापक छलफल पछि सुझाव सहित पारित भएको थियो । सम्मेलनले नेकपा(मसाल) को१२ औं जिल्ला सम्मेलनबाट निर्वाचित जिल्ला समितिलाई खारेज गर्दै नयाँ जिल्ला समिती निर्माण गर्ने निर्णय वमोजिम सम्मेलन समक्ष क। क्रीस्टलवाङले १३ सदस्यीय नयाँ प्यानल पेस गर्नु भएको थियो । प्रस्तुत सङ्ख्या र प्यानललाइ एक मतले पारित गर्दै जिल्ला नेतृत्व निर्बाचित गरेको थियो । ततपश्चात् बसेको पहिलो बैठकले क। रण बहादुरलाई सेक्रेटरीमा र क.रेशम गिरि लाई जिल्ला प्रबक्तामा चयन गरेको छ । सम्मेलनले विशेष महाधिवेशनको लागि प्रतिनिधि र पर्यवेक्षकहरु समेत चयन गरेको छ ।अन्तमा, नवनिर्वाचित सेक्रेटरी क. रणबहादुरले प्रतिवद्वता मन्तव्य राख्नुभएको थियो भने केन्द्रीय प्रतिनिधि क। कमलले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिनुभएको थियो । सम्मेलनले आगमि मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावलाई शशक्त बहिस्कार गर्ने कुरा  २०७९ असोज ११ गते बागलुङ जिल्ला  प्रबक्ता रेशम गिरीले विज्ञप्ति मार्फत जनाएका छन। 

२०७९ असोज ११ २०:३२ बजे

प्रतिक्रिया