अमेरिकी सहायकमन्त्री एलिजाबेथ बुधबार नेपाल आउँदै

उनी गलत सूचना तथा लोकतन्त्रमा मिडियाको भूमिका विषयमा आयोजित अन्तर्क्रियामा सहभागि हुने कार्यक्रम रहेको छ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ११ १४:४९ बजे
एलिजाबेथ केनेडी ट्रुडो

काठमाडौं ।अमेरिकाको विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धी कार्यवाहक सहायकमन्त्री एलिजाबेथ केनेडी ट्रुडो बुधबार नेपाल आउन लागेकी छन्  । युनाइटेड अरब इमिरेट्स, उज्वेकिस्थान र किर्गिज रिपब्लिकको १२ दिने भ्रमणका क्रममा उनी नेपाल आउन लागेकी अमेरिकी विदेश मन्त्रालयले मंगलबार  एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।  

नेपालमा उनले सीमान्त समूहका अभियन्ता, सञ्चारमाध्यम तथा विगतमा भएका आदानप्रदान कार्यक्रमका पूर्वसहभागीहरूसँग राउन्डटेबल छलफलमा सहभागी हुने कार्यक्रम रहेको छ ।  

उनी गलत सूचना तथा लोकतन्त्रमा मिडियाको भूमिका विषयमा आयोजित अन्तर्क्रियामा सहभागि हुने कार्यक्रम रहेको छ । साथै सांस्कृतिक संरक्षणसम्बन्धी राजदूतको कोष (एम्बास्डर्स फन्ड फर कल्चरल प्रिजर्भेसन)को पनि स्थलगत भ्रमणमा जाने पनि कार्यक्रम तय भएको छ ।   

‘चीन र रुसले फैलाएका गलत सूचना’को प्रतिक्रिया दिनेसमेत कार्यक्रम छ। सबै मुलुकमा यो कार्यक्रम रहेको अमेरिकी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

२०७९ असोज ११ १४:४९ बजे

प्रतिक्रिया