राप्रपासँग सहभागी हुन रविन्द्र मिश्रको आह्वान

मिश्रलाई आगामी चुनावमा काठमाडौं क्षेत्र नम्बर १ मा एमालेले सघाउने संकेत गरेको छ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ११ १४:१९ बजे
रविन्द्र मिश्र

काठमाडौं । रविन्द्र मिश्रले एक्लै राप्रपाको एकता प्रक्रियामा जान लागेको नभई सबै सहभागी हुनसक्ने जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो जनाएका हुन् ।  

मिश्रले राष्ट्रिय सभागृह भृकुटीमण्डपमा बुधवार दिउँसो एकता घोषणा कार्यक्रम हुने जनाएका छन् । 

उनले लेखेका छन्, ‘चुल्हे निम्ता  यसबीच संवाद हुन नसकेका कैयौं साथीहरूलाई म मात्र एकतामा संलग्न हुन लागेको हो कि भन्ने भान परेको देखियो । त्यसो होइन । यो वैचारिक ध्रुवीकरणमा इच्छुक सबै साथीहरू सहभागी हुन सक्छन् । केन्द्रीय तहमा तत्काल मिलानको प्रक्रिया शुरू हुनेछ भने तहगत मिलानका लागि एउटा समिति पनि बन्नेछ । बृहत् शक्ति निर्माणमा संलग्न हुन चाहने साथीहरूलाई छाड्ने भन्ने त कुरै भएन । गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो !’

एकताका क्रममा मिश्रले राप्रपाको सहअध्यक्ष माग गरेका थिए । राप्रपा नेतृत्व त्यसका लागि तयार भएपछि मिश्र आफ्ना समर्थक लिएर राप्रपा प्रवेश गर्न लागेका हुन् ।

राप्रपा प्रवेशसँग मिश्र काठमाडौं–१ बाट प्रतिनिधि सभाको उम्मेदवार बन्ने बताइएको छ । उनै मिश्रलाई आगामी चुनावमा काठमाडौं क्षेत्र नम्बर १ मा एमालेले सघाउने संकेत गरेको छ । मिश्र र एमाले अध्यक्ष केपी ओलीका बीचमा चुनावी सहकार्यबारे विस्तृतमा कुरा भइसकेको छ । १ महिनाअघि भएको ओली–मिश्र भेटमा सम्भावित सहकार्यबारे सहमति बनेको मिश्रले निकटस्थहरूसँग बताउने गरेका छन् । 

२०७९ असोज ११ १४:१९ बजे

प्रतिक्रिया