बैतडीमा कांग्रेस एक्लै चुनाव लड्ने

प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक सूचीमा बैतडीबाट प्रतिनिधित्व हुनुपर्ने माग गरिएको छ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ११ ०८:२५ बजे
कांग्रेस

काठमाडौं । आगामी मङ्सिरमा हुने निर्वाचन सत्तारुढ पाच दलहरूबीच चुनावी तालमेल हुने भए पनि केही ठाउँमा भने एक्ला एक्ला निर्वाचनमा जाने भएका छन् । नेपाली कांग्रेस बैतडीले प्रतिनिधिसभाको टिकट कांग्रेसलाई दिनुपर्ने अडान दोहोर्‍याएको छ। सोमबार काठमाडौँमा बसेको जिल्ला कार्यसमिति बैठकले प्रतिनिधिसभाको टिकट कांग्रेसलाई नै दिनुपर्ने  बताएको छ । 

जिल्ला सभापति चतुरबहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले जनमतका आधारमा संघीय सांसदको लागि गठबन्धन दलहरूका तर्फबाट कांग्रेसले टिकट पाउनु पर्ने र अन्यथा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय भएको कांग्रेसका जिल्ला सचिव देवराज जोशीले जनाएका छन् । 

संघमा कांग्रेसलाई टिकट दिनुपर्ने निर्णयका बारेमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र गठबन्धन कार्यदलमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सदस्यहरुलाई जानकारी गराइएको जोशीले बताएका छन् । यस्तै प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक सूचीमा बैतडीबाट प्रतिनिधित्व हुनुपर्ने माग गरिएको छ।

गठबन्धन दलहरूबीच कसले टिकट पाउने भन्ने निर्णय नभइ सकेको अवस्थामा बैतडी कांग्रेसको यस्तो निर्णय बाहिर आएको हो।

२०७९ असोज ११ ०८:२५ बजे

प्रतिक्रिया