फिफा मैत्रीपूर्ण फुटबल अन्तर्गत आज नेपाल र बंगलादेश भिड्दै

नेपाली टिमको प्रशिक्षकमा प्रदीप हुमागाइ ,कप्तानमा किरणकुमार लिम्बू फर्किएका छन्

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ११ ०७:५४ बजे
फिफा मैत्रीपूर्ण फुटबल

काठमाडौं ।  फिफा  मैत्रीपूर्ण फुटबलमा आज (मंगलबार)  नेपाल र बंगलादेश   खेद्यन लागेका छन् । त्रिपुरेस्वर स्थित दशरथ रंगशालामा साझ साढे ५ बजे सुरु हुने खेलमा नेपाल रबंगलादेश खेद्यन लागेका हुन् । 

नेपाली टिमको  प्रशिक्षकमा प्रदीप हुमागाइ ,कप्तानमा किरणकुमार लिम्बू फर्किएका छन् । दुबैले बंगलादेशबिरुद्द जित निकाल्ने खेल्ने बताएका छन् ।

गत ६ असारमा पंकजबिक्रम नेम्बाङ एन्फामा निर्वाचन भए यता नेपालले खेल्न लागेको पहिलो खेल हो ।

नेपाल र बंगलादेशबीच पछिलो समय २४ खेल भएको छ ।जसमा बंगलादेश १२ खेलमा विजयी भएको छ । नेपालले ७ खेल जित्दा ५ खेल बराबरीमा टुंगिएको छ ।

२०७९ असोज ११ ०७:५४ बजे

प्रतिक्रिया