उदयपुरमा अजिङ्गर जिउँदै बोका खायो

उदयपुरमा अजिङ्गर जिउँदै बोका खायो

bimbonline बिम्ब अनलाइन
२०७९ असार २७ ०८:३४ बजे
snake

 काठमाडौं ।   उदयपुरको चुरे नजिकैको सगरमाथा सामुदायिक वनमा आइतबार दिउँसो अजिङ्गर फेला परेको छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिका-५ सुन्दरपुरस्थित सामुदायिक वनमा अजिङ्गर भेटिएको हो ।अजिङ्गरले एउटा बोका खाएको छ । अजिङ्गरले स्थानीय किसान कृष्ण दाहालको बोका खाएको हो ।

अजिङ्गरलाई नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाइएको  प्रहरीले जनाएको छ । डिभिजन वन कार्यालय उदयपुरका रेन्जर पुन्य पौडेलका अनुसार अजिङ्गरलाई कोशी टप्पु आरक्षमा लगेर छोडिएको हो ।

२०७९ असार २७ ०८:३४ बजे

प्रतिक्रिया